Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओलीको आदेशमा पूर्व स्वास्थ्यमन्त्रीकाे अपहरण गरिएकाे समाजवादी पार्टीकाे आरोप

    ओलीको आदेशमा पूर्व स्वास्थ्यमन्त्रीकाे अपहरण गरिएकाे समाजवादी पार्टीकाे आरोप

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडाैँ। समाजवादी पार्टी नेपालले पार्टी फुटाउन आफ्नो सांसद अपहरण गरेको आरोप लगाएकाे छ। पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई अपहरण गरिएकाे समाजवादीले आरोप लगाएकाे हो।

    आफ्नो पार्टी विभाजनका लागि पार्टीका सांसदलाई अपहरण गरेको पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाए। उनका अनुसार पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई सरकारी पक्षले अपहरण गरेको हो ।



    बुधबार साँझ डा भट्टराईको फोनमार्फत पठाइएको सूचनामा भनिएको छ, ‘आज वैशाख १० गते साँझ साढे पाँच बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौँबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगेको छ ।’



    ‘उहाँ काठमाडौं जान नमानेपछि काठमाडौंबाट नै प्रहरी पठाएर जवर्जस्ती काठमाडौं ल्याइँदैछ’ डा भट्टराईका प्रेस सल्लाहकार तथा समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले भने, ‘प्रहरीले जवर्जस्ती उठाएर लगेपछि साथीहरु प्रहरीलाई रोक्नका लागि सिन्धुलीतर्फ लाग्दै हुनुहुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार