Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • राहत वितरणकाे क्रममा झडप, पत्रकारसहित ८ घाइते

    राहत वितरणकाे क्रममा झडप, पत्रकारसहित ८ घाइते

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2.4K
    SHARES

    वीरगन्ज । पर्सामा राहत वितरणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। बुधबार दिउँसो राहत वितरणमा ढिलाइ भएपछि जिराभवानी गाउँपालिकामा झडप भएको हाे।

    गाउँपालिका कार्यालय घेराउ गर्न करिब ३ सयको संख्यामा दलित, विपन्न वर्गका महिला बालबालिका र पुरुषहरु पुगेपछि सशस्त्र प्रहरीले भिड हटाउन लाठी चार्ज गरेकाे थियाे। जसकारण स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको हो।



    झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुंगाले लागेर नारायणी एफएमका संवाददाता कृष्ण मोहन साह घाइते भएका हुन्। साहको टाउको फुटेको छ। झडपमा उनीसहित ८ जना घाइते भएका छन्। सबै घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। लकडाउनको १ महिना पुगि सक्दा पनि जीराभवानी गाउँपालिकाले कुनै पनि वडामा राहत वितरण गरेको छैन्।



    लकडाउनको १ महिना बितिसक्दा पनि राहत वितरणमा नभएपछि कार्यालयमा पुगेका स्थानीयले आक्रोशमा आएर ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्दा झडप भएको गाउँपालिका उपाध्यक्ष उषा देवी थरुनीले जानकारी दिइन्। लकडाउनका कारणले प्रभावितका लागि राहत वितरणका लागि प्रदेश सरकारले गाउँपालिकामा १० लाख रुपैयाँ पठाएको छ। तर प्रदेश सरकारबाट आएको १० लाख रुपैयाले अपुग भएपछि रकम थप गर्ने विषयमा प्रकृयामा लाग्दा राहत वितरणमा ढिला हुन पुगेको उपाध्यक्ष थरुनीले बताइन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार