Online Nepal
  • मंगलबार, १० असार २०८२
  • जनकपुर जस्तै धनगढीमा पनि घटना, हाटबजार सिल

    जनकपुर जस्तै धनगढीमा पनि घटना, हाटबजार सिल

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2.3K
    SHARES

    कैलाली। प्रदेश नम्बर २ काे जनकपुर जस्तै प्रदेश ७ काे कैलालीको सदरमुकाम धनगढी घटना बाहिर अाएकाे छ। धनगढीकाे हाटबजारमा ५० र १०० रुपैयाँका फालिएको अवस्थामा ३ सय ५० बढी रुपैयाँ फेला परेका छन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले पैसा फालिएको हाे की कसैको खसेको हो भन्ने विषयमा अनुसन्धानपछि थाहा हुने बताए। हाट बजार भएकाले पैसा खसेको पनि हुनसक्ने उनले बताए।



    बुधबार दिउँसो धनगढीको त्रिनगरर हाटबजारमा पैसा भेटिएपछि एकजना व्यपारीले प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरीले उक्त क्षेत्रलाई सिल गरेर अनुसन्धान अघि बढाएको छ।

    केही दिनअघि जनकपुरमा पनि यस्तै घटना भएको थियो। सडकमा पैसा खसेको देखेपछि स्थानीय त्रसित भएका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार