Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • डिआईजीलाई प्रदेश सरकारसंग समन्वय गरेर काम गर्न गृहमन्त्रीको निर्देशन

    डिआईजीलाई प्रदेश सरकारसंग समन्वय गरेर काम गर्न गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नवनियुक्त डिआईजीहरुलाई प्रदेश सरकारसंग समन्वय गरेर काम गर्न गृहमन्त्री राबहादुर थापाले निर्देशन दिएका छन् । डिआईजी नियुक्त भएकोमा बधाई तथा शुभकामना दिंदै मन्त्री थापाले राज्यले विश्वास गरेर बढुवा र जिम्मेवारी प्रदान गरेको भन्दै इमान्दारीतापूर्वक काम गर्न निर्देशन दिए ।

    मन्त्री थापाले निर्देशन दिंदै भने ‘सवै प्रदशेका आ आफ्ना विशेषता छन्, त्यसलाई मनन् गर्दै काम गर्नुहोस् । प्रदेश सरकारसंग पनि राम्रो समन्वय गर्नुहोला ।’



    उनले लकडाउन र सामाजिक दुरीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् । मन्त्री थापाले सिमानाको कडाईमा विशेष ध्यान दिन र जनतालाई समस्या परे आफै समाधानका लागी पुग्न पनि निर्देशन दिए ।



    उनले भने,’अहिले सिंगो देश कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईमा रहेको भन्दै सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अग्रमोर्चामा रहेर काम गरिरहेकाले पनि सरकारले अपनाएको रणनिती सफल भए लडाई जितिने छ।’

    गृहसचिव महेश्वर न्यौपानले बढुवा भएका डिआइजीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सुरक्षाकर्मीको सानो गल्तीको बढाई चढाई हुने गरेको उल्लेख गर्दै विशेष चनाखो रहन आग्रह गरे ।

    नेपाल सरकार, गृहमन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसीलाई डिआइजीमा बढुवा गरिएको थियो । प्रहरी प्रधान कार्यालयले सबै डिआइजीको पदस्थापनसमेत गरिसकेको छ ।

    प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार हाल नेपाल प्रहरीको प्रदेश नं १ मा डिआइजी ईश्वरबाबु कार्की, प्रदेश नं २ मा धीरजप्रताप सिंह, वाग्मती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश नं ५ मा रवीन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार