Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा काेराेना संक्रमितकाे संख्या ३२ पुग्याे

    नेपालमा काेराेना संक्रमितकाे संख्या ३२ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं – स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार नेपालमा थप एक जना मानिसमा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ। मन्त्रालयको नियमित कोरोना भाइरसकाे जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप एक जना पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।

    संक्रमण देखिएका व्यक्ति ३३ वर्षका छन्। उनको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो।



    उनका अनुसार संक्रमण देखिएका व्यक्ती उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ। संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार