Online Nepal
  • शनिबार, ७ असार २०८२
  • छिमेकीमाथि चक्कु प्रहार गरेको अभियोगमा एक जना पक्राउ

    छिमेकीमाथि चक्कु प्रहार गरेको अभियोगमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    म्याग्दी। म्याग्दीमा छिमेकीमाथि चक्कु प्रहार गरेको अभियोगमा एक जना पक्राउ परेकाे छ। छिमेकीलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा अन्नपूर्ण गाउँपालिका ३ फगाम गाउँ बस्ने ४० वर्षीय दुर्गा प्रसाद थापा मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

    सोही ठाउँ बस्ने ३३ वर्षीय कृष्ण बहादुर बसेललाई सोही ठाउँस्थित महभिरमा मह काड्न गएको अवस्थामा दुर्गा प्रसादले चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।



    चक्कु प्रहारबाट घाइते भएका बसेललाई प्राथमिक स्वास्थ्य केन्द्र भुरुङ तातोपानी हुँदै थप उपचारका लागि बेनी अस्पतालतर्फ रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार