Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोना त्रास: जमातीहरु रहेको आशंकामा काठमाडौंका मस्जिदहरुमा अनुगमन

    कोरोना त्रास: जमातीहरु रहेको आशंकामा काठमाडौंका मस्जिदहरुमा अनुगमन

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । जमातीहरु रहेको आशंकामा आज काठमाडौंका चार ओटा मस्जिदहरुमा अनुगमन गरिएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, महानगरिय प्रहरी कार्यालयका प्रमुख डिआइजीविश्वराज पोखरेललगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद सुन्धारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गरेका हुन ।



    वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका केहीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको केही दिनपछि उयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।



    दुबै ठाउँका मस्जिदमै बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि अन्य मस्जिदहरुमा पनि जमातीहरु बस्न सक्ने र उनीहरु कोरोना संक्रमित हुन सक्ने भन्दै विभिन्न सञ्चार माध्ययममा समाचार आइरहेका बेला मुस्लिम समूदायको सबै भन्दा बढी भीडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज राजधानीका चार स्थानको अनुगमन गरेको र ती स्थानहरुको अवस्था सामान्य रहेको जानकारी दिए । ‘वीरगञ्ज र उदयपुरका मस्जिदमा बसेका केहीमा कोरोना संक्रमण पुष्टि भएसँगै राजधानीका पनि विभिन्न मस्जिदमा जमातीहरु विना सूचना बसेका हुन सक्ने आशंकापछि आज रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गरिएको छ,’ प्रमुख शाक्यलेभने , ‘कतिपय सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा अहिले पनि ती मस्जिदहरुमा नवाज पढ्ने काम निरन्तर भैरहेको भन्ने आशंकालाई मध्यनजर गर्दै हामीले अनुगमन गरेका हौँ ।’

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पनि उपत्यकामा सबै भन्दा बढी मुस्लिम समूदायको भिडभाड हुने चार मस्जिदको अनुगमन गरेको जानकारी दिए । ‘आज हामीले नेपालको सबै भन्दा ठूलो र पुरानो जामे मस्जिदसँगै अन्य तीन मस्जिदको अनुगमन गरेका छौँ,’ अध्यक्ष अन्सारीले भने , ‘विभिन्न सञ्चारमाध्ययममा समाचार आएपछि मुस्लिम आयोगले मेरो अध्यक्षतामा पूर्वमन्त्री, मानव अधिकार आयोगका सदस्य, धर्मगुरुलगायत रहेको सात सदस्यीय केन्द्रीय अनुगमन समिति बनाएको छ । त्यो समितिले निरन्तर अनुगमन गरिरहेको छ ।’ अनुगमनका क्रममा लकडाउन अवधिभर कसैलाई पनि प्रवेश नदिन, पाहुनालाई पनि बास नदिनु, नवाज पढ्न आउनेलाई पनि गेट नखोल्नु भनी पुनः निर्देशन दिएको भन्दै लकडाउनको पूर्ण पालना भएको उनले वताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार