Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ, पुन: परीक्षणका लागि धरान पठाइयो

    उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ, पुन: परीक्षणका लागि धरान पठाइयो

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 2.5K
    SHARES

    उदयपुर। उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि संकलन गरिएकामध्ये ८ जनाको संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि धरान पठाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।



    गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो।
    पुष्टि भएका १३ जनालाई नै विराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको छ भने बाँकी ३ जनालाई बिराटनगरकै टाँडी स्थित क्वारेन्टाइनमा राखिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार