Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • हाइभोल्टेज विद्युत प्रवाह हुँदा २ जनाको मृत्यु, ७ घाइते

    हाइभोल्टेज विद्युत प्रवाह हुँदा २ जनाको मृत्यु, ७ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 1.9K
    SHARES

    धादिङ। धादिङमा हाइभोल्टेज विद्युत प्रवाह हुँदा २ जनाको ज्यान गएकाे छ भने ७ घाइते भएका छन्।

    करेन्ट लागेपछि घाइते भएका सानुमान तामाङ र सागर अर्याललाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। सोही ठाउँका गम्भीर घाइते भएका रुपक अर्याल उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ । अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेका ३ नम्बर वडाका अध्यक्ष अमित घलेले जानकारी दिए ।



    थाक्रे गाउँपालिकाको ३ को मल्दुङ गाउँमा सोमबार राती एक्‍कासी हाइभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेर उनीहरूकाे ज्यान गएकाे हाे।



    त्यस्तै गाउँका अन्य ७ जना घाइते भएका छन् । गाउँ नजिकै रहेको विद्युत ट्रान्सफर्मर अचानक पड्किएपछि घरघरमा हाइभोल्टेज विद्युत प्रशारण भएको प्रहरीले जनाएको छ । हावाहुरी र चट्याङ परेकाले ट्रान्सफरमरमा चट्याङ लागेको स्थानीयले बताएका छन् ।

    मृतक तथा घाइते सबै आ-आफ्नै घरमा विद्युतीय सामग्री चलाइरहेका व्यक्तिहरु रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए । हाइभोल्टेज विद्युत प्रवाह भएपछि घरभित्र जतातातै करेन्ट लाग्दा बिजुलीको स्वीच अफ गर्न, चार्जमा रहेको मोबाइल झिक्न खोज्दा र करेन्ट लागेका व्यक्तिले अर्को व्यक्तिलाई समात्दा धेरै घाइते भएको स्थानीयले बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार