Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • डिआईजी सिंह : चुनौतीपूर्ण ठाउँमा काम देखाउने खरा प्रहरी अधिकारी

    डिआईजी सिंह : चुनौतीपूर्ण ठाउँमा काम देखाउने खरा प्रहरी अधिकारी

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 4.8K
    SHARES

    काठमाडौं । एसएसपीबाट डीआईजीमा बढुवा भएका धिरजप्रताप सिंहलाई गृह मन्त्रालयले चुनौतीपूर्ण मानिने दुई नम्वर प्रदेशको प्रहरी प्रमुखमा सरुवा गरेको छ। अपराधका दृष्‍टिकोणले भारतसँग सीमा जोडिएको दुई नम्बर प्रदेश  (तराई )निकै चुनौतीपूर्ण ठाउँ हो।  डिआईजी सिंहले त्यसलाई करिअरकै रुपमा काम गर्ने अवसरका रुपमा लिएका छन् ।

    डिआईजी सिंह पर्सा,दाङलगायतका जिल्लाको प्रमुख हुँदै अपराध महाशाखाको प्रमुख भएर काम गरिसकेका अधिकारी हुन। महाशाखामा रहँदा डिआईजी सिंहले उल्लेखनिय कामहरु गरेका थिए । महाशाखाको नेतृत्वमा रहंदा सिंहले गुण्डागर्दी नियन्त्रण देखी फिरौती रअसुलीको धन्दालाई जिरोमा झारेका थिए।



    तत्कालीन महाशाखाका प्रमुख दिवेश लोहनी  सुनकाण्डमा जेल परेपछि सिंहलाई महाशाखाको जिम्मेवारी दिइएको थियो । महाशाखाका प्रमुख नै अनुसन्धानमा खटिँदा जेल परेपछि त्यो समयमा अरु अधिकृतहरु अनुसन्धानमा खटिनै डराउँथे। तर, सिंहले संयमित भएर काम गरी गुमेको महाशाखाको छबीलाई कायम राखेरै छाडे।



    सिंहले महाशाखाको जिम्मेवारी सम्हालेको १ वर्ष २० दिनमा मुख्य ३० वटा अनुसन्धानलाई सफल  बनाएका थिए। एनसेल कार्यलयमा भएको बम विस्फोट गराउने अभियुक्त, बसुन्धरामा बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराउने मुख्य अभियुक्तलाई महाशाखाको टोलि पक्राउ गर्न सफल भयो ।

    सिंह नेतृत्वको महाशाखाकै टोलीले काठमाडौं मल कब्जा गर्ने गुन्डा नाईके राजु गोर्खाली, सट्टेवाजीका बादशाह नागराज भनिने नथमल अग्रवाल, महिलालाई प्रलोभनमा पारी ठगि गर्ने रविन कुमार चिमरीया, क्यानडा पठाउने भन्दै ठगि गर्ने सरिता अधिकारीलाई पक्राउ गरि जेल पठाइएको थियो ।

    यस्तै भक्तपुरको राधेराधेमा बालक निशान हत्याका अभियुक्तको इन्काउन्टर, ८ वर्षीय बालक प्रयास गुरुङको हत्यारा तथा मुगुकी शिक्षिका अजिता मल्लको हत्यारा नियन्त्रणमा आएका थिए सिंहको पालामा ।

    काठमाडौंमा हाईप्रोफाईल हत्याको योजना बनाउने निर्माण व्यवसायी शरद गौचन हत्याका मुख्य नाइके समिरमान बस्नेत समुहका सदस्यलाई उनले कानुनी कठघरामा उभ्याए । समिरमानका सदस्यहरु रोशन बुढाथोकी, श्रीमती माया सेरचन, सोम तामाङ्ग तथा अम्बर बहादुर रानालगायतलाई उनकै टोलीले पक्राउ गर्न सफल भयो।

    ठुलो आर्थिक हिनामिना गरि फरार रहेका तत्कालीन किष्ट बैंकका कार्यकारी अधिकृत कमल ज्ञवालीलाईसमेत महाशाखाको टोलीले भारतमै गएर नियन्त्रणमा लिन सफल भएको थियो।  सिंहले अपराध महाशाखाको जिम्मेवारी सम्हालेपछि महाशाखाबाट ४४८ वटा मुद्दा चलेको थियो भने ६६८ जना मानिस पक्राउ परेका थिए।

    यसरी अपराधविरुद्ध खरो रुपमा उत्रिएर अपराधीलाई कानुनी दायरामा ल्याउन सफल  सिंहले दुई नम्वर प्रदेशमा पनि आफुलाई अब्बल प्रहरी अधिकारी बनाउने विश्वाश गर्न सकिन्छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार