Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • उत्तर कोरियाली नेता किम गम्भीर बिरामी !

    उत्तर कोरियाली नेता किम गम्भीर बिरामी !

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 2K
    SHARES

    एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी परेका छन्। अमेरिकी गुप्तचर निकायलाई उद्दृत गर्दै सीएनएनले जनाएअनुसार एउटा शल्यक्रियापछि उनी गम्भीर बिरामी परेका हुन्।

    यही अप्रिलमा परेको उनका हजुरबा किम इल सुङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएपछि किमको स्वास्थ्यका बारेमा पश्चिमा मिडियाले अड्कल काटेका थिए। त्यसको ४ दिनअघि अर्थात् अप्रिल ११ को सरकारी बैठकमा भने उनी सहभागी भएका थिए ।



    यद्यपि महत्वपूर्ण समारोहमा उनको अनुपस्थिति के कारणले भएको हो भन्नेबारेमा भने यकिन जानकारी आउन सकेको छैन। विगतमा यस्ता समारोहमा उत्तर कोरियाली नेताको अनुपस्थितिले महत्वपूर्ण घटनाको संकेत गरेका थिए।

    सन् २००८ मा पनि किम जोङ इल उत्तर कोरियाको ६० औं वार्षिकोत्सवमा अनुपस्थित भएका थिए। पछि उनलाई स्ट्रोक भएको खुलासा भएको थियो।
    उत्तर कोरियाले आफ्ना सर्वोच्च नेताबारेको सूचनामा कडा नियन्त्रण गर्छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार