Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • विश्वभर कोरोनाले मृतककाे संख्या एक लाख ७० हजार नाघ्यो

    विश्वभर कोरोनाले मृतककाे संख्या एक लाख ७० हजार नाघ्यो

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ।

    आज बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ७० हजार ३ सय ७० पुगेको छ। गएको २४ घन्टामा मात्रै ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ।



    विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार २ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ। गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ भने २८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्। संक्रमितको संख्या झण्डै आठ लाख पुगेको छ।

    अमेरिकापछि अहिलेसम्म इटालीमा धेरैको मृत्यु भएको छ। त्यहाँ सोमबार ४ सय ५४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ।

    त्यसैगरी स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जना, फ्रान्समा २० हजारभन्दा बढी, युकेमा साढे १६ हजारभन्दा बढीको मृत्यु भएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार