Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • फुपाजुले बलात्कार गरेर पैसा दिन खाेजेपछि…

    फुपाजुले बलात्कार गरेर पैसा दिन खाेजेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 1.9K
    SHARES

    कञ्चनपुर । बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाका ६८ वर्षीय तारादत्त ओझा पक्राउ परेका छन् ।उनलाई शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाटै नियन्त्रणमा लिएको हो ।

    ओझाले वैशाख २ गते छिमेकी १५ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको प्रहरीले जनाएको छ । ओझालाई म्याद थपका लागि आइतबार जिल्ला अदालत पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलले बताए । नाताले ती वृद्ध बालिकाका फुपाजु हुन् ।



    पीडित बालिकाका परिवारले घटनाबारे सोही दिन जानकारी पाएका थिए तर स्थानीयका अनुसार वृद्धले जमिन र पैसाको प्रलोभन देखाएर घटना ढाकछोप गर्न खोजेका थिए तर उक्त कुरा गाउँमा फैलिएपछि शनिबार मात्रै प्रहरीकहाँ पुगेको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार