काठमाडौं । गृहमन्त्रालयले आइतबार दर्ज्यानी चिन्ह लगाएका १० डीआईजीको पदस्थापन गरेको छ भने दुई जनाको सरुवा गरेको छ ।
पदस्थापन हुने डीआइजीहरुमा प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ धीरजप्रताप सिंह, वागमती प्रदेशमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्रसिंह धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापन गरेको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।
यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापा, एकेडेमीमा प्रकाशजंग कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अरुण बीसीलाई पदस्थापन गरिएको छ ।
यसअघि सीआईबीमा रहेका डीआईजी नीरज शाहीलाई प्रहरी प्रधान कार्यालय र प्रदेश दुईमा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोमा लगिएको छ ।
Leave a Reply