Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सरकारको निर्देशन: स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्नु

    सरकारको निर्देशन: स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्नु

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएकाे छ । कोभिड १९ रोकथाम तथा उपचार कोषका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न
    सरकारले निर्देशन दिएको हाे।

    प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।



    उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ ।



    सरकारले गठन गरको कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि ७ दिनसम्मको तलब कट्टा गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले प्रहरीको तलब काट्ने निर्णय सरकारले यसअघि पनि नगरेको बताए । प्रहरी अधिकृत कसैले स्वेच्छिक रुपमा कोषमा तलब काटेर जम्मा गर्न सक्ने तर अनिवार्य नहुने उनले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार