Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • १४३ जना लैजाने भनिए पनि ११० जना रसियन नागरिक बोकेर उड्यो राेयल फ्लाइट

    १४३ जना लैजाने भनिए पनि ११० जना रसियन नागरिक बोकेर उड्यो राेयल फ्लाइट

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । लफडाउनका कारण नेपालमै रोकिएका आफ्ना नागरिकलाई रसियाले स्वदेश लगेको छ ।

    आज दिउँसो चार्टर्ड उडानबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको वायुसेवा कम्पनी मस्को उडेको हो ।



    नेपालस्थित रसिया दूतावासको पहलमा चार्टर्ड उडान भएको हो ।



    रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । साढे १० बजे काठमाडौं अवतरण गरेको जहाज काठमाडौंबाट १२ः४० मा मस्कोका लागि उडेको हो ।

    दूताबासले १ सय ४३ यात्रु लैजाने भने पनि १ सय १० जना मात्र उडेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले १ सय १० यात्रु लिएर रसियाको उक्त विमान प्रस्थान गरेको जानकारी दियो ।

    दूतावासले आफ्ना १ सय ४३ नागरिक लैजान विमान चार्टर्ड गर्न नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो । तर, के कारणले १ सय १० जना मात्र उडे त्यो भने खुलाइएको छैन ।

    लकडाउनयता नेपालबाट ४ हजारभन्दा बढी विदेशी चार्टर्ड उडानबाट आफ्नो मुलुक फिर्ता भइसकेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार