Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्री लकडाउन घोषणा गर्ने ,उनैको भातृ संगठनका अध्यक्ष सयौंको भेला गरी राहत बाँड्ने

    राहत वितरणको नाममा कीर्तिपुरमा देखियो तमासा, प्रहरी मुकदर्शक(भिडियोसहित )

    राहत वितरणको नाममा कीर्तिपुरमा देखियो तमासा, प्रहरी मुकदर्शक(भिडियोसहित )

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। कोरोना भाइरस (कोभिड-१९ ) को उच्च जोखिम नियन्त्रण गर्न सरकारले  मुलुकमा लकडाउनको घोषणा गरेको छ।

    सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन २५ जना भन्दा धेरै मानिस भेला हुन नपाउने निर्णय गरेको छ। समाजिक दूरी कायम गरेर हिंड्ने नियमा बनाइएको छ। यो समयमा पनि नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुका संयोजक ऐन महरले गत शनिबार कीर्तिपुरमा विद्यार्थीहरुलाई राहत बितरण गर्ने भनेर बोलाए।  सरकारले वडा कार्यालय तथा स्थानिय जनप्रतिनिधिसँग समन्वय गरेर मात्र राजनीतिक दलका प्रतिनिधिको सहभागितामा राहत बितरण गर्नु पर्ने नियम बनाएको छ।



    सिन्धुपाल्चोकमा कांग्रेस नेता मोहन बस्नेतले आफुखुसी राहत बितरण गर्दा प्रहरीले उनलाई फलो गरेर आतँकित बनाएको समाचार बाहिर आएको थियो। तर, सत्तारुढ दल नेकपाको भातृ संगठनका नेता भएकै कारण महरले छुट पाए ।



    शनिबार कीर्तिपुरमा विद्यार्थीलाई राहत वितरण गर्ने नाममा उनले देखाएको तमासा सामाजिक सन्जालमा  सार्वजनिक भएको छ ।

    शनिबार अनेरास्ववियूको आयोजनामा विद्यार्थीलाई राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो। महरको नेतृत्वमा आयोजना गरिएको राहत वितरण कार्यक्रममा सयौंको संख्यामा विद्यार्थी भेला भएका थिए।

    सरकारको निर्देशनको अवज्ञा गर्दै महरले गरेको राहत वितरणको सर्वत्र आलोचना भएको छ। जसका कारण अनेरास्ववियू भित्र समेत विवाद उत्पन्न भएको छ।

    राहत लिन पुगेका विद्यार्थीले राहत नपाएपछि विद्यार्थीबीच विवाद र होहल्ल्लासमेत भएको थियो। होहल्ला भएपछि राहत बितरणका लागि गएका संयोजक महर बीचैमा हिंडेका थिए । उनी गायब भएपछि झन् ठूलो होहल्ला र नाराबाजी भएको थियो । होहल्लामा सयौंको संख्यामा देखिएका विद्यार्थीले लकडाउनलाई नै चुनौती दिइरहेका थिए ।

    संयोजक महरले आफूखुशी सरकारी निर्देशनको अवज्ञा गरेको भन्दै संगठनभित्रै विवाद बढेको छ। अनेरास्ववियूका सहसंयोगक रञ्जित तामाङले अनेरास्ववियूको आयोजनामा कतै पनि राहत वितरण नभएको केही अनलाइनमा वताइसकेका छन्।

    सहसंयोजक तामाङले शनिबार अखिलले राहत वितरण नगरेको अभिव्यक्ति दिएसँगै अनेरास्ववियूभित्रको विवाद सहतमा देखिएको छ।  राहत वितरण गर्ने ठाउँमा सामाजिक दूरी र मास्क नलाइएको थिएन भने राहतको खाद्यान्न कहाँबाट ल्याइयो भन्ने प्रश्न पनि संगठनभित्रै उठेका छन् ।

    कीर्तिपुर मात्र होइन मैतिदेबी, घट्टेकुलो, रातोपुल,सेतोपुल र ज्ञानेश्वरमा पनि राहत बितरण महरले स्थानिय निकायसँग समन्वय नै नगरी राहत बितरण गरेको भन्दै आलोचना भएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार