Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काेराेना परीक्षण: बाजुराका २ जनामा र्‍यापिड टेस्ट पोजेटिभ

    काेराेना परीक्षण: बाजुराका २ जनामा र्‍यापिड टेस्ट पोजेटिभ

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 1.9K
    SHARES

    बाजुरा। त्रिवेणी नगरपालिकामा पहिलो चरणमा गरिएकाे र्‍यापिड टेस्ट (आरडीटी) मा २ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै, दोस्रो चरणमा १ जनामा मात्र पोजेटिभ देखिएको छ। र्‍यापिड टेस्ट गर्ने क्रममा भारतबाट २ चैतमा आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएकाे हाे ।

    पहिलो चरणमा २२ वर्षका युवक र ६० वर्षका व्यक्तिमा पोजेटिभ देखिए पनि दोस्रो चरणमा भने ६० वर्षीय व्यक्तिमा पाेजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादवले बताए । उनले पाेजेटिभ रिपाेर्ट देखिएका सबैकाे नमुना पीसीआर परीक्षणका लागि भाेलि धनगढी पठाइने जानकारी पनि दिए ।



    यादवका अनुसार सुरक्षा समिति र संकट व्यवस्थापन समितिको आपतकालीन बैठकसमेत बसेर सोबारेमा छलफल गरेको बुझिएको छ । दोस्रो पटक र्‍यापिड टेस्ट गर्दा पनि ६० वर्षीय व्यक्तिमा पोजेटिभ देखिएको र २२ वर्षीय युवकमा नेगेभिट देखिए पनि स्वाब परीक्षणका लागि पठाउने तयारी गरिएको बुझिएको छ ।



    दुवै जना २ चैतमा भारतबाट आएको बुझिएको छ । ६० वर्षीय व्यक्ति सम्पर्कमा आए पनि १८ वर्षका युवक भने सम्पर्कबाहिर रहेको बुझिएको छ । स्वास्थ्य कार्यालय बाजुराले यति बेला जिल्लामा र्‍यापिड टेस्ट गरिरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार