Online Nepal
  • मंगलबार, १० असार २०८२
  • लकडाउनकाे माैका छाेपी कालोबजारी गर्नेलाई ३ लाख जरिवाना

    लकडाउनकाे माैका छाेपी कालोबजारी गर्नेलाई ३ लाख जरिवाना

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    धनगढी। लकडाउनको मौका छोपेर कालाेबजारी गर्ने धनगढीका एक ग्यास सप्लायर्सलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । धनगढी उपमहानगरपालिका–६, मटियारीस्थित कुमारी हेमन्ती पालद्वारा सञ्चालित शुभ समैजी ग्यास सप्लायर्सलाई कालोबजारी गरेको अभियोगमा तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनका अनुसार सप्लायर्सले २०७६ चैत १ देखि २०७७ वैशाख ७ गतेसम्म बिना बिल महंगो मूल्यमा ग्यास बिक्री गर्दै आएको छ । पुनले भने,’सप्लायर्सले एक हजार एक सय ४४ थान ग्यास सिलिण्डर बिना बिल बिजक उपभोक्तालाई बिक्री वितरण गर्दै आएको भेटिएको छ।’



    जिल्ला प्रशासन कार्यालया, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र धनगढी उपमहानगरपालिका र प्रहरीको संयुक्त टोलीले ग्यासको डिलरमा छापा मारेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड ङ को कसुरमा सोही ऐनको दफा ३९ को १ ख अनुसार ३ लाख जरिवाना गरिएको कार्यालय प्रमुख पुनले जानकारी दिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार