Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाको औषधी भन्दै रक्सी सेवन गरी ट्रक दुर्घटना गराउने चालक पक्राउ

    कोरोनाको औषधी भन्दै रक्सी सेवन गरी ट्रक दुर्घटना गराउने चालक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । कोरोनाको औषधी भन्दै मादक पदार्थ सेवन गरी कन्टेनर ट्रक चलाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    ना.५ ख ४३१ नम्बरको कन्टेनर ट्रक चालक धादिङ धुनिवेशी नगरपालिका-८ बस्ने ३७ वर्षीय राम बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
    चालक तामाङले उक्त ट्रक नागढुंगाबाट कलंकीतर्फ लापरबाहीपूर्वक चलाई चन्द्रागिरी नगरपालिका-११ सिप्रदीस्थित बल्खु पुलमा ठक्कर दिएर दुर्घटना गराई फरार भएका थिए।



    त्यसपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले तत्काल पिछा गर्दै गई सोही नगरपालिका-१५ ढुंगेअड्डाबाट पक्राउ गरेको हो ।



    दुर्घटनाको कारण सिप्रदीस्थित पुल तथा उक्त ट्रकको बायाँ भागमा क्षति पुगेको छ ।
    प्रारम्भिक सोधपुछको क्रममा चालक तामाङले कोरोनाको औषधी हुने भ्रममा मादक पदार्थ सेवन गरेको बताएको र निज उपर मुलुकी अपराध संहिता, २०७५ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार