Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • कोरोनाको आशंकामा २९ हजार बढीको परीक्षण

    कोरोनाको आशंकामा २९ हजार बढीको परीक्षण

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा हालसम्म कोरोनाको आशंकामा २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १, पाटन अस्पतालमा २, भरतपुर अस्पतालमा २, बागलुङमा १, धनगढीमा र वीरगञ्जमा ४/४ र विराटनगरमा १३ जना संक्रमितको उपचार भइरहेको जानकारी प्रवक्ता डा विकास देवकोटाले दिए।

    पछिल्लो २४ घण्टामा २ हजार १ सय ६८ जनाको नमूना परीक्षण गर्दा कुनै पनि नयाँ संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। उदयपुरमा भेटिएका १२ संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्राक ट्रसिङ भइरहेको मन्त्रालयले जनाएको। जसमध्ये ६९ जनाको पीसीर परीक्षणका लागि नमूना संकलन भएको छ भने आज पनि नमूना संकलनका लागि टोली खटिएका छन्। २ सय ५० बढीको नमूना संकलन गरिने मन्त्रालयले जनाएको छ।



    नेपालमा हालसम्म कोरोनाको आशंकामा २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए। ८ हजार ८१ जनाको पीसीआर र २१ ह्जार ४ सय ८६ जनाको आरडीटीबाट कोरोना परीक्षण भएको हो। हाल काठमाडौं उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा छन्। ५ हजार १ सय ८० जनालाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता देवकोटाले बताए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार