Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतमा एकाएक बढ्यो कोरोना भाइरस, एकै परिवारका २६ सदस्य संक्रमित

    भारतमा एकाएक बढ्यो कोरोना भाइरस, एकै परिवारका २६ सदस्य संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 2.6K
    SHARES

    नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २४ घण्टामा १३ सय ७० थपिएसँगै त्यहाँ संक्रमितको संख्या साढे १५ हजार नाघेको छ ।र शनिबार भारतमा ३५ जनाको मृत्यु भएको छ ।  योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमानेको संख्या ५ सय २१ सय पुगेको छ । आइतबार बिहानसम्म भारतमा २ हजार ४ सय बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।

    भारतको नयाँदिल्लीस्थित जहांगिरपुरीमा एकै परिवारका २६ सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।



    दिल्लीका मुख्यमन्त्री करविन्द केजरीवालले पनि हालै भिडिओ सन्देशको क्रममा यसबारे जानकारी दिएका थिए । सबै जनतालाई घरभित्रै बस्न आग्रह गर्दै यसतो घटनाबारे उनले सुनाएका थिए ।



    केजरीवालका अनुसार कतिपय मानिसहरु घरबाहिर घुम्ने र आफन्तकहाँ भेट्न जाने गरेका छन् । सोही कारण कोरोना प्रभावित क्षेत्र जहांगिरपुरीमा एकै परिवारका २६ सदस्यलाई कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको केजरीवालले बताए ।

    उक्त क्षेत्रलाई संवेदशनील भनी आवतजावत रोकिए पनि स्थानीयहरु आफन्त र छिमेकीकहाँ भेटघाट गर्न जाने गरेकाले यस्तो संक्रमण फैलिएको केजरीवालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार