Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • यी हुन राहत लुटपाट गर्ने, परे प्रहरी फन्दामा

    यी हुन राहत लुटपाट गर्ने, परे प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 2.2K
    SHARES

    फाइल तस्विर

    पर्सा। राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पर्सागढी नगरपालिका-५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सोही टोल बस्नेहरु २८ वर्षीय श्याम कुमार शर्मा, १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्द्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेका छन् ।



    उक्त टोलमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने मानिसहरुलाई राहत वितरण गर्ने क्रममा उनीहरुले राहत लिन आउने व्यक्तिहरुलाई जोर,जुलुम, हो-हल्ला तथा राहत बाँड्ने व्यक्तिमाथि हातपात गरी केही राहतका सामग्रीहरु समेत लुटपाट लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार