Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतमा कोरोना: संक्रमितको संख्या साढे १५ हजार नाघ्यो, मृतक पाँच सय बढी

    भारतमा कोरोना: संक्रमितको संख्या साढे १५ हजार नाघ्यो, मृतक पाँच सय बढी

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २४ घण्टामा १३ सय ७० थपिएसँगै त्यहाँ संक्रमितको संख्या साढे १५ हजार नाघेको छ । वर्ल्डोमीटरका अनुसार शनिबार भारतमा ३५ जनाको मृत्यु भएको छ ।

    योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमानेको संख्या ५ सय २१ सय पुगेको छ । त्यहाँ संक्रमित निको हुनेको संख्या पनि बढ्दै गएको छ ।आइतबार बिहानसम्म भारतमा २ हजार ४ सय बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।



    १२ हजार ७ सय संक्रमितको उपचार जारी रहँदा हालसम्म त्यहाँ ३ लाख ३५ हजार बढीमा कोरोना परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १८ सय ६७ को मृत्यु हुँदा २९ हजार संक्रमित थपिएका छन् ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार