Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनमा १ हजार अपराध, कुन प्रदेशमा कति ?

    लकडाउनमा १ हजार अपराध, कुन प्रदेशमा कति ?

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दीले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने निर्णय गरेको छ ।

    बन्दाबन्दी अवधिभर अपराधका घटनामा भने कमी देखिएन । २६ दिनको अवधिमा करिब १ हजार अपराधका घटना भएका छन् ।



    प्रहरी प्रधान कार्यालयका अनुसार कर्तव्य ज्यान, आत्महत्या, सामाजिक तथा आर्थिकसँग सम्बन्धित अपराध बढी भएका छन् । सिङ्गो मुलुक बन्दाबन्दीमा भए पनि चैत ११ देखि वैशाख ३ गतेसम्म ज्यान सम्बन्धी दुई सय ८३, आत्महत्या दुई सय ५३, सामाजिक तथा आर्थिक अपराध एक सय ३३, चोरी २२, सङ्गठित ९५, महिला तथा बालबालिका सम्बन्धी ८८, सवारी ३७ र विविध ५६ वटा अपराधका घटना भएका छन् ।



    केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले बन्दाबन्दीमा अपराध घटेको दाबी गर्नुभयो । एकै दिनमा हजारभन्दा बढी अपराधका घटना हुन्थे, बन्दाबन्दीले घटायो । सबै घरभित्र बन्दाबन्दी भएकाले पनि अपराधका घटनामा कमी आएको भनाइ उनको छ । उनले ‘बन्दाबन्दी’मा अपराध शून्यमा झरेको अपेक्षा नागरिकको छ तर त्यस्तो हुँदैन चोरी, डकैती, लुटपाट, दुर्घटना र सङ्गठित अपराधका घटनामा नियन्त्रण आए पनि अन्य घटना सामान्य रूपमा देखिएका छन्, जबर्जस्ती करणी र महिला हिंसाका घटना बढी देखिएका बताए । आजको गोरखापत्र दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार