Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पुजारीको बन्दुक प्रहरी नियन्त्रणमा

    पुजारीको बन्दुक प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 4.6K
    SHARES

    गोरखा। मनकामना मन्दिरका पुजारीले बोकेको ‘पोइन्ट टुटु’ नामक बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । पुजारी इन्सान थापा मगरकाे बन्दुक प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

    शुक्रवार राति शिकार खेल्न बन्दुक बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । साेही खबरकाे अाधारमा शुक्रबार राति नौ बजे साथमा बन्दुक बोकेर हिडेको अवस्थामा प्रहरीले उनलाई भेटेको थियो ।



    लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकोर हिँडेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।



    ‘लाइसेन्स भएकाले उहाँलाई समातेनौं, तारेखमा छाडेका छौ, बन्दुक हाम्रो नियन्त्रणमा छ,’ एक प्रहरी अधिकृतले भने । व्यक्तिगत प्रयोजनका लागि भन्दै पुजारी थापाले तीन वटा बन्दुक राख्न पाउने इजाजत जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् । तर उनले उक्त हतियार शिकार खेल्नका लागि प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार