Online Nepal
  • शनिबार, ७ असार २०८२
  • थप ३० दिनका लागि अमेरिका–क्यानडा सिमाना बन्द

    थप ३० दिनका लागि अमेरिका–क्यानडा सिमाना बन्द

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । क्यानडाले अमेरिकासँग जोडिएको आफ्नो सिमाना थप ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । यसबीचमा अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न पाइने छैन ।

    कोरोना भाइरसको महामारीका कारण पहिल्यैदेखि अत्यावश्यक बाहेकका काममा यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध आउँदो मंगलबार सकिँदै थियो ।



    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवैतर्फका नागरिकलाई सुरक्षित राख्न सिमाना बन्द गर्नु अत्यावश्यक भएको बताएका छन् ।

    जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार क्यानडामा ३४ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ सय जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार