Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • यी हुन् सडकमा पैसा फाल्ने महिला

    यी हुन् सडकमा पैसा फाल्ने महिला

    अनलाइन नेपाल
  • आइतबार, ७ बैशाख २०७७
  • 1.7K
    SHARES

    जनकपुरधाम। कोरोना भाइरसको त्रासको बेला लुकीछिपी सडकमा जथाभावी पैसा फालेर भागेका दुई महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ।

    प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। यो रिपोर्टको आधारमा कोभिड-१९ संक्रमण रहेको भनि पुष्टी गर्न नसकिने हुनाले उनीहरु दुबैको पीसीआर विधिबाट स्वाबको टेस्ट भइरहेको प्रजिअ निरौलाले अन्नपूर्णलाई बताए।



    शुक्रबार जनकपुरधामको महावीर चौकस्थित पेठीया बजार जाने सडकमा १०, ५ र २० को नोट जथाभावी फालेर यी महिला भागेका थिए। सडकमा फालिएको सो नोटमा थुक पनि हालिएको थियो। घटना लगत्तै प्रहरीले सो क्षेत्रमा विशेष निगरानी गरेर फालिएको नोट बरामद गर्नुका साथै चारैतिर सेनिटाइज गरेको थियो।



    स्थानीयले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै महिलाको सीसीटीभी फुटेज निकालेर जनकपुरभरी सर्च अभियाननै चलाएको थियो। यसै क्रममा शनिबार दिउँसो दुवै पक्राउ परेका हुन्। पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालि—७ का हुन्। दुवैजना नातामा नन्द र भाउजू रहेको प्रहरीले बताएको छ।

    उनीहरुको गतिविधि शंकास्पद रहेको हुनाले पक्राउ गरेर जाँचका लागि प्रादेशिक अस्पतालमा पठाइएको प्रजिअ निरौलाले बताए। हाल दुवै महिलालाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ भने पीसीआर परीक्षण भइरहेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार