Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • तेह्रथुममा एक युवाको एन्टिबडी पोजिटिभ

    तेह्रथुममा एक युवाको एन्टिबडी पोजिटिभ

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 2.7K
    SHARES

    तेह्रथुम — तेह्रथुमका एक युवामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको छ ।मेन्छयायेम गाउँपालिकामा शुक्रबार भएको परीक्षणका क्रममा ती युवामा आरडीटी नतिजा पोजिटिभ देखिएको गाँउपालिका स्वास्थ्य शाखा संयोजक किशोरकुमार साहले बताए ।

    जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिका भित्र होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो। परीक्षणका क्रममा २८ वर्षीय युवाको एन्टिबडी नतिजा पोजेटिभ देखिएको हो। पहिलो चरणमा शंकास्पद १५ जनामा परीक्षणम गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्यकर्मीको भनाइ छ।



    ती युवाको स्वाब परीक्षणको लागि कोसी अञ्चल अस्पताल विराटनगरमा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारीविश्वराज न्यौपानेले बताए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार