Online Nepal
  • सोमबार, ९ असार २०८२
  • नेपालमा कोरोना संक्रमितकाे संख्या ३१ पुग्याे

    नेपालमा कोरोना संक्रमितकाे संख्या ३१ पुग्याे

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे काेराेना भाइरस(काेभिड-१९) काे चपेटामा तराइका अधिकांश जिल्ला परेका छन्।

    साेही क्रममा नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोरोना भाइरसकाे संक्रमण देखिएको हाे । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।



    मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन । आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन् ।

    योसँगै संक्रमितको संख्या ३१ पुगेको छ। शुक्रबार उदयपुरको मस्जिदमा लुकेर बसेका ८ सहित १२ जनमा कोरोना पोजेटिभ भेटिएको थियाे भने चितवनमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार