Online Nepal
  • शनिबार, ७ असार २०८२
  • ‘म प्लाज्मा दिन इच्छुक छु’

    ‘म प्लाज्मा दिन इच्छुक छु’

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडाैँ। कुल ३० जना कोरोनाभाइरस सङ्क्रमित पुष्टि भएको नेपालमा निको हुनेको सङ्ख्या दुई पुगेको छ। शनिवार टेकुस्थित अस्पतालबाट १९ वर्षीया युवतिलाई डिस्चार्ज गरिएको छ।

    युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै चैत्र पहिलो साता त्रिभुवन विमानस्थल आएको बताइएको थियो। उनकै अनुरोधमा उनले सञ्चारमाध्यममार्फत् सन्देश दिँदै उपचारका बेलामा सबैले सहयोग र राम्रो व्यवस्था मिलाइदिएको प्रतिक्रिया दिएकी थिइन्। अस्पतालबाट निस्कने बेला बोल्दै उनले यदि नेपालमा कसैलाई कोभिड-१९ को गम्भीर असर देखा परे उनीहरूको निम्ति आफू निको भइसकेकोले आफ्नो रगतको प्लाज्मा आवश्यक परे दिने बताएकी थिइन्।



    “म निको हुनुपनि एउटा मौका हो। मेरो रगतको प्लाज्मामा एन्टीबडी भएकोले त्यसलाई समाजलाई दान गर्न पाउँछु। आशा छ नहोस् तर यदि कोही कोरोनाभाइरस सङ्क्रमणबाट गम्भीर बिरामी भए मेरो प्लाज्माले मद्दत गरोस्,” उनले भनिन्।

    कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएकाहरूको रगतमा भाइरस विरुद्धका एन्टीबडी हुने हुनाले तिनको प्लाज्मा अरू बिरामीको निम्ति सहायक हुने ठानिन्छ। उनको सो भनाइलाई अस्पतालका डाक्टर अनुप बास्तोलाले सकारात्मक प्रयास भन्दै प्रशंसा गरेका छन्।

    उनी निको भएको समाचारपश्चात् प्रधानमन्त्री केपी ओलीले फेसबुकमार्फत् उनलाई बधाई दिएका छन्। उनको आरोग्यताको कामनासहित प्रधानमन्त्रीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद भनेका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार