Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • धनगढीमा उपचाररत युवकको दोस्रो रिपोर्ट नेगेटिभ

    धनगढीमा उपचाररत युवकको दोस्रो रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडाैँ। कोरोना भाइरस संक्रमित कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

    कोरोना भाइरस संक्रमण देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । अस्पतालका प्रवक्ता फिजिसियन डाक्टर जगदीश जोशीले युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको बताए ।



    रिपोर्ट नेगेटिभ आए पनि उनी तत्काल डिस्चार्ज हुने छैनन् । ‘२४ घण्टाभित्र अर्को पनि नेगेटिभ रिपोर्ट आयो भने मात्रै हामी उहाँलाई डिस्चार्ज गर्छौं,’ जोशीले भने । सुदूरपश्चिम प्रदेशका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार