Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

    दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालमा दोस्रो कोरोना संक्रमितको रुपमा अस्पतालमा भर्ना भएकी युवती निको भएर घर फर्किएकी छन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई बताएकी छन् । उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

    उनलाई गएको चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।



    उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।



    गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । योसङ्गै नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये घर फर्किनेको संख्या दुई पुगेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार