Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • श्रीमान-श्रीमतीले गरे आत्महत्या

    श्रीमान-श्रीमतीले गरे आत्महत्या

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 2K
    SHARES

    दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका -१ दहका एक दम्पतीले बिहे गरेको एक हप्ता नपुग्दै भिरबाट हाम फालेर आत्महत्या गरेका छन्। दहका राजेन्द्र महर र ललिता धामीले गए राति १२:३० बजेतिर ताकु र गुल्जर जोड्ने सुङर भिरबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

    राजेन्द्रले एक हप्ता पहिले छिमेकी गाउँकी ललितासँग दोस्रो बिहे गरेका थिए।राजेन्द्रकी जेठी श्रीमती लटिनाथ बस्दै आएकी छन्। राजेन्द्रले दोस्रो बिहे गरेपछि उनी लटिनाथमै बस्दै आइरहेको स्थानीय दिनेशसिंहले जानकारी दिए।



    राजेन्द्रकी जेठी श्रीमतीले दोस्रो बिहे किन गरेको लकडाउन खुलेपछि अदालत गएर मुद्दा हाल्ने भनेपछि उनीहरु दुवै जना तनावमा रहेको हुन सक्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार