Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • उपत्यकामै व्यवस्थापन गर्न नसक्ने सरकारले बाटोमा अलपत्रहरुलाई कसरी उद्दार गर्ला ?

    उपत्यकामै व्यवस्थापन गर्न नसक्ने सरकारले बाटोमा अलपत्रहरुलाई कसरी उद्दार गर्ला ?

    कुमार भण्डारी
  • शनिबार, ६ बैशाख २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । लकडाउनका बेला काठमाडौंमा बस्न नसकेर कुम्लो बोकेर हिडेरै भए पनि घर जान निस्केका कतिपय मजदुरहरु एवम् गाउँलेहरु यतिबेला बीच बाटोमा अलपत्र परेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपछि प्रहरीले घर जान हिंडेकाहरुलाई रोकेको हो ।



    कोरोनाको संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले चालेको कदम सहि होला तर, कोरोना लाग्नु भन्दा पहिले खान र बाँच्न पाउने नागरिकको अधिकारमाथि कतै हनन त भएको छैन भन्ने प्रश्न यतिबेला उब्जिएको छ ।



    हामीले अधिकारको कुरा गर्दै गर्दा सरकारले निर्वाद रुपमा गाउँ जानेहरुलाई जान दिनपर्छ भन्न खोजेको पक्कै होइन । २० दिनसम्म हिंडेर घर पुगेको समाचार हामीले पढेकै हौं ।

    पक्कै पनि उसको बाध्यता थिएन भने २० दिनसम्म हिंडेर ऊ घर जाँदैन थियो होला । यतातिर पनि सरकारको ध्यान जान जरुरी छ ।

    प्रधानमन्त्री ओलीको हिजोको निर्देशनपछि गृहमन्त्रायलले प्रहरी प्रधान कार्यालय, नक्साललाई शुक्रबार सर्वसाधारणको आवतजावत पूर्ण रुपमा रोक्न निर्देशन दिएको हो ।

    गृहको निर्देशनपछि काठमाडौं‌बाट पैदल हिँडेर घरतर्फ जाँदै गरेका धेरै मजदुर काभ्रे, धादिङ र चितवनलगायतका जिल्लामा रोकिएका छन् ।

    प्रधामन्त्री ओलीले ‘हिँडेर गाउँ जान नदिनू, खान नपाए खाद्यान्न पुर्‍याउनू’ भन्ने निर्देशन दिएका थिए ।

    काठमाडौंमै अलपत्र परेकाहरुलाई व्यवस्थापन गर्न नसकेको सरकारले अव बीच बाटोमा अलपत्र परेकाहरुलाई कसरी व्यवस्थापन गर्न सक्छ ? त्यो भने हेर्न बाँकी छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार