Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • कोरोना महामारी: खोप छिटो बनाउन टास्कफोर्स निर्माण

    कोरोना महामारी: खोप छिटो बनाउन टास्कफोर्स निर्माण

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। बेलायत सरकारले कोरोना भाइरसको खोप बनाउनका लागि टास्कफोर्स गठन गरेको बताएको छ ।

    बेलायती व्यापार सचिव आलोक शर्माले पत्रकार सम्मेलनमा कोरोना भाइरस फैलिनबाट रोक्नका लागि सरकारले सही कदम चालिरहेको बताएका छन् ।



    उनले कोरोना नियन्त्रणका लागि सरकारले एकातिर सामाजिक दुरीको नियम लागू गरिरहेको र अर्कोतिर छिट्टै खोप बनाउने कोशिसमा लागेको बताएका छन् । उनले कोरोनाविरुद्धको खोप बनाउनका लागि सरकारले टास्कफोर्स गठन गरेको जानकारी दिए ।

    बेलायतमा मात्रै कोरोना भाइरस संक्रमणका कारण हालसम्म १४ हजार ५७६ ननाको मृत्यु भइसकेको छ । पत्रकार सम्मेलनमा शर्माले भने, ‘देशको स्वास्थ्य एजेन्सी एनएचएसलाई बचाउन आवश्यक छ र अब तीन साता लकडाउनलाई कडाईपूर्वक पालना गर्नुहोस् ।’ एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार