Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • उदयपुरमा भेटिएका १२ संक्रमितलाई मध्यराति विराटनगर ल्याइयो

    उदयपुरमा भेटिएका १२ संक्रमितलाई मध्यराति विराटनगर ल्याइयो

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 2.2K
    SHARES

    विराटनगर । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका १२ जनालाई नै शुक्रबार मध्यरातमा उदयपुरबाट विराटनगर ल्याइएको छ। कोरोना पुष्टि भएपछि चार वटा एम्बुलेन्समा राखेर राती विराटनगर स्थित कोरोना अस्थायी अस्पतालमा ल्याइएको हो।

    कोसी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ भेटिएको थियो। सोही रिपोर्टलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत शुक्रबार पुष्टि गरेको हो।



    कोरोना पुष्टि गरेपछि शुक्रबार राति करिब साढे ११ बजे नेपाल प्रहरीको स्कटिङमा सबैलाई विराटनगर ल्याइएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे जानकारी दिए। ‘सबैलाई एम्बुलेन्समा राखेर विराटनगर ल्याइएको छ, शुक्रबार रातिबाटै अस्पतालमा राखेर रेखदेखसहित उपचार सुरु गरिएको छ,’ मन्त्री घिमिरेले भने।



    नेशनल ट्रेडिङको भवनमा स्थापना गरिएको कोरोना अस्पतालमा राखिएका संक्रमित मध्ये १ नेपाली र ११ जना भारतीय नागरिक छन्। संक्रमित पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष उमेर समूहका छन्।

    उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो। सँगै बसेका १६ मध्ये पुष्टि भएका १२ जनालाई मात्रै विराटनगर ल्याइएको मन्त्री घिमिरेले जानकारी दिए। सँगै बसेका तर नेगेटिभ रिपोर्ट आएका चार जनालाई उदयपुरकै क्वारेन्टाइनमा राखिएको छ।

    संक्रमित बसेको स्थान ‘सिल’

    भारतबाट आएर उदयपुरको मस्जिदमा बसेका उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि संक्रमित रहेको स्थानलाई शुक्रबार नै ‘सिल’ गरिएको छ। सामाजिक विकास मन्त्री घिमिरेले उनीहरु रहेको स्थानमा प्रहरी परिचालन गरी सिल गरिएको र उच्च सतर्कता अपनाइएको जानकारी दिए।

    ‘कोरोना पुष्टि भएपछि उनीहरु बस्दै आएको मस्जिदलाई सिल गरेका छौँ, आजबाट उनीहरु कहाँ–कहाँ पुगेका थिए, को–कोसँग भेटे सबै जानकारीको खोजी सुरु गरिएको छ,’ मन्त्री घिमिरेले अन्नपूर्णसँग भने ‘हामी थप सतर्क बनेका छौँ।’

    संक्रमित सँगै बस्ने चार जनालाई क्वारेन्टाइन पठाइयो

    उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के मस्जिदमा बसेका १६ मध्ये १२ मा कोरोना पोजेटिभ र ४ मा नेगेटिभ देखिएपछिसँगै बस्ने ४ जनालाई क्वारेन्टाइन लगिएको छ।

    मोरङको टाँडीमा नेपाली सेनाको निगरानीमा रहेको क्वारेन्टाइनमा शुक्रबार राति नै उनिहरुलाई एम्बुलेन्सबाट लगिएको हो। उनीहरु भने नेपाली रहेको बताइएको छ। मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेको जिल्ला प्रशासन कार्याल उदयपुरले जनाएको छ।

    लकडाउनको समयमा मस्जिदमा विदेशी आएर बसेको भन्दै स्थानीयले प्रशासनलाई खबर गरेपछि उनीहरुको निगरानी र परीक्षण सुरु गरिएको थियो। अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार