Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चितवनका दुई काे संक्रमित आमाछोरा कहाँबाट आएका थिए ?

    चितवनका दुई काे संक्रमित आमाछोरा कहाँबाट आएका थिए ?

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका चितवनका दुई जना आमाछोरा भएको खुलेको छ । उनीहरु राप्ती नगरपालिका–८ का हुन् ।

    ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।



    यसअघि पूर्वी चितवनको रत्ननगरमा रहेको गुञ्जमान सिंह हस्पिटलमा बुधबार गरिएको र्यापिड परीक्षणमा एक जना युवामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको थियो । पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा ती युवासहित २८ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । चितवनमा गत २४ चैतदेखि औपचारिक रुपमा कोरोना परीक्षण सुरु भएको भए पनि अहिलेसम्म कसैमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले पुष्टि गरेको छैन ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार