एजेन्सी। पाकिस्तानमा अहिलेसम्म ६ हजार ३ जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भने ११७ जनाको मृत्यु भईसकेको छ । पाकिस्तानका विभिन्न अस्पतालहरूमा कोरोनाको आशंकामा टेस्ट गराउन अस्पताल पुगेका २ लाख २५ हजार मध्ये ७४ हजार जनाको मात्र जाँच हुन सकेको छ ।
अस्पतालबाट एक लाख ७५ हजार जलालाई बिना टेस्टकै फर्काइएको पाकिस्तान मेडिकल एसोसिशनले जनाएको छ । ५० भन्दा बढी डाक्टर, नर्स र अन्य स्वाथ्यकर्मी नै कोरोना भाइरसले संक्रमित भईसकेका छन ।
कोरोनासितको युद्धमा फ्रन्टलाइनमा उभिने डाक्टर र नर्सलाई नै मास्क, ग्लब्स र पीपीईसम्म छैन ।
प्रोटेक्टिव सूटको कमी भएको कारण गत सोमबारमात्रै पाकिस्तानमा थप २२ डाक्टर कोरोनाले संक्रमित भएका थिए । पाकिस्तानमा मास्क र पीपीईको कमीले अहिलेसम्म ५० जना डाक्टरकै मृत्यु भईसकेको छ ।
यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
Leave a Reply