काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे काेराेना भाइरस(काेभिड-१९) काे चपेटामा तराइका अधिकांश जिल्ला परेका छन्।
साेही क्रममा उदयपुरको मस्जिदमा लुकेर बसेका ८ सहित १२ जनमा कोरोना पोजेटिभ भेटिएको छ। त्यस्तै चितवनमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । उक्त १४ जनामा काेराेना भाइरस पाेजेटिभ देखिएकाे अाधिकारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे छ।
Leave a Reply