Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • जुवाखालबाट नेता र व्यापारी पक्राउ

    जुवाखालबाट नेता र व्यापारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    बर्दिया । जुवा तास खेल्दै गरेको अवस्थामा बिहीबार साझ प्रहरीले स्थानिय नेता तथा व्यापारीलाइ पक्राउ गरेकाे छ। बासगढी नगरपालिकास्थित अतिथी होटलमा अवैधरुपमा जुवा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका केही स्थानिय नेता हुन् भने केही व्यापारी हुन् ।

    पक्राउ पर्नेमा बासगढी नगरपालिका–५ का सोदे विष्ट, नरबहादुर वली, सुरश रेग्मी रहेका छन् । यसैगरि बढैयाताल गाउँपालिका– ७ का श्रीकृष्ण गिरी, कोहलपुर नगरपालिकाका पुरन गिरी, शिसिर गिरी र श्याम कुवर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।



    जुवाको खालबाट नगद ५ लाख ६० हजार ९० रुपैँया बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै माथी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । मुलुक यतीखेर लकडानउमा छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेलाई साझविहान छाकको जोहो कसरी गर्ने भन्ने पिरलो छ । यस्तो अवस्थामा गरिव तथा विपन्न परिवारलाई सहयोग गर्न अघि बढ्नु पर्ने नेता तथा व्यापारीका हात भने तासको बाउन्न पत्तीमा टासिएकाे अवस्थामा भेटिएका हुन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार