Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सुदूरपश्चिममा ईन्जिनियरले बनाए स्वाब संकलन गर्ने बुथ

    सुदूरपश्चिममा ईन्जिनियरले बनाए स्वाब संकलन गर्ने बुथ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 2.8K
    SHARES

    कैलाली। सुदूरपश्चिम प्रदेश कोरोना भाइरसको उच्च जोखिममा रहेको बेला परीक्षणका लागि स्वाब संकलन सहज र सुरक्षित बनाउन ईन्जिनियरहरुले स्वाब संकलन गर्ने ३ वटा बुथ निर्माण गरेका छन्। ईन्जिनियरहरु लब प्रसाद जोशी, बिनोद बहादुर पाल र हरिश बोहराको सहजिकरणमा उक्त बुथ निर्माण भएका हुन्। सुदूरपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ संकायका डिन डा. किसन दत्त भट्टको सल्लाहमा ईन्जिनियरिङ संकायको प्राविधिक सहयोग र सिभिल ईन्जिनियरिङ पाचौ सेमेस्टरमा अध्ययनरथ विद्यार्थि लोचन कार्कि र विरेन्द्र बडालको भोलुन्टरिङमा बुथहरु बनाइएको हो ।

    बुथ निर्माण लागत प्रति बुथ ८० हजार रुपैयाँ रहेको र डाक्टरहरुले अस्पतालमा आएका कोरोनाको बिरामीको नमुना लिने र जाँच्ने काम सुरक्षित साथ गर्न मिलोस भनेर दक्षिण कोरियाले आविष्कार गरेको बुथको डिजाइन अनुसार राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराएको डिजाइन गाइडलाईनको आधारमा बुथ निर्माण गरिएको ईन्जिनियर हरिश बोहराले जानकारी दिए।



    सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले पनि सुदूर पश्चिम नेपालमा कोरोनाको इपिसेन्टर बन्न सक्ने बताएका छन । ‘भारतबाट आएका मानिसलाई क्वारेन्टाइन गर्न नसक्ने बेला नै हामी चुकिसक्यौं’, अवस्थी भन्छन्, ‘अब चेकजाँचको ‘स्पिड’ बढाउनुपर्छ।’ भारतबाट नेपाल भित्रिएका नेपालीमा पनि कोरोनाको संक्रमण देखिनु र तेस्रो मुलकबाटै संक्रमित भएर आएका व्यक्तिले परिवारलाई सारेको पुष्टि भएपछि जोखिम बढेको चिकित्सकले बताए। यस्तो अवस्थामा स्वाब संकलन गर्ने बुथ बनाउनु सार्है सर्हानिय कार्य भएको र सुदूरपश्चिमका सबै अस्पतालहरुमा यसको आवश्यकता रहेको क्षेत्रीय स्वास्थ्य निर्देशक अवस्थीले बताए ।



    पीपीईको गुणस्तरमा प्रश्न उठिरहँदा स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर टेस्ट बुथ बनाएका हौं । यसले सीमित स्टकमा रहेको (पिपिई) व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको आवश्यकतालाई पनि कम गर्दछ । कोभिड-१९ द्वारा संक्रमित रोगीको स्वाब नमूना संकलन गर्ने यो सबै भन्दा सुरक्षित तरिका हो । बुथमा एक्ज हस्ट फ्यान, रिमुभेवल ग्लोभ्ज,एअर टाईट सिस्टम र नाईट लाईट लगायतको ब्यबस्था गरिएको छ । बुथहरु क्रमश कन्चनपुर, कैलालि र अछाम जिल्लाको अति आवश्यक ठाउमा पठाइने जानकारि ईन्जिनियर बोहराले बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार