Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सुदूरपश्‍चिम ३४ जना चिकित्सकलाई पठाइयो

    सुदूरपश्‍चिम ३४ जना चिकित्सकलाई पठाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ जना चिकित्सक पठाएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी /एमएसमा अध्ययनरत ३४ चिकित्सकलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट परिचालन हुनेगरी पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    शुक्रबार जहाज चार्टड गरी ३४ जना चिकित्सकलाई त्यहाँ पठाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए। सुदूपश्चिम प्रदेशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि थप जनशक्ति आवश्यक भएकाले चिकित्सक पठाएको नियमित पत्रकार सम्मेलनमा डा.देवकटोले जानकारी दिए।



    उनका अनुसार चिकित्सकलाई एक महिना अवधिका लागि पठाएको र आवश्यकताअनुसार त्यो अवधि थपिनेछ। सुदूरपश्चिम प्रदेशमा भारत र अन्य मुलुकमा ठूलो संख्यामा मानिस भित्रिएका छन्।अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण देखिएको छ।उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार