Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मस्जिदमा लुकेका ८ भारतीय नागरिकमा कोरोना पुष्टि

    मस्जिदमा लुकेका ८ भारतीय नागरिकमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 2.8K
    SHARES

    विराटनगर । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे काेराेना भाइरस(काेभिड-१९) काे चपेटामा तराइका अधिकांश जिल्ला परेका छन्। साेही क्रममा उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। ।

    भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो



    उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार