Online Nepal
  • सोमबार, ९ असार २०८२
  • भारतीय नोटसहित पक्राउ परेका कारागार चलान

    भारतीय नोटसहित पक्राउ परेका कारागार चलान

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ। स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका दुई जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शङ्कर सरकारलाई कारागार चलान गरिएको हो ।

    राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत मकवानपुरले उनीहरुलाई जनही रु १७ लाख धरौटी मागेको थियो ।



    गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले हेटौंडा–१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बी २३ इ २३३३ नम्बरको भारतीय बोलेरोसहित उक्त रकम बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुले कानून विपरीत प्रतिबन्धित भारु बोकेको र रकमको स्रोत पनि नखुलेकाले आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार