Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • स्वास्थ्य सामग्री बोकेका वाइडबडी ए–३३० जहाज काठमाडौं अवतरण

    स्वास्थ्य सामग्री बोकेका वाइडबडी ए–३३० जहाज काठमाडौं अवतरण

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। नेपाल वायु सेवा निगमका दुई वाइडबडी ए–३३० जहाज स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुगेका छन् । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ ।

    चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।



    निगमका दुईवटा वाइडबडी जहाज बिहीबार साँझ मेडिकल सामग्री लिन चीन उडेका गरेका थिए।यसअघि पनि निगमको वाइडबडी जहाजले दुई उडानबाट २० टनको हाराहारीमा मेडिकल सामग्री ल्याएको थियो।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार