Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • काेराेना महामारी: फ्रान्समा मृतकको संख्या १७ हजार नाघ्याे

    काेराेना महामारी: फ्रान्समा मृतकको संख्या १७ हजार नाघ्याे

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 1.3K
    SHARES

    काठमाडौं । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको छ । गत २४ घण्टामा ७५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको हो ।

    जोन हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा हालसम्म १ लाख ४७ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पूरै विश्वमा कोरोनाका कारण धेरै मृत्यु हुने देशको सूचीमा फ्रान्स पाँचौं नम्बरमा छ ।



    फ्रान्सका स्वास्थ्य सेवा प्रमुख जेरोमे सोलोमनका अनुसार लगातार आठौं दिन सघन उपचार कक्षमा राखिएका बिरामीको संख्या घट्दै गइरहेको छ । हाल यो संख्या ६ हजार २ सय ४८ छ ।



    अप्रिल १ तारिखयता यो संख्या हालसम्मकै कम हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार