Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • अमेरिकामा कोरोनाकाे कहर: ३२ हजार बढीको मृत्यु, संक्रमितको संख्या ६ लाख नाघ्याे

    अमेरिकामा कोरोनाकाे कहर: ३२ हजार बढीको मृत्यु, संक्रमितको संख्या ६ लाख नाघ्याे

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ ।अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ ।

    अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जनाको जागिर गुमेको छ । अमेरिकामा बेरोजगारीको आँकडामा यो नयाँ रेकर्ड हो । अमेरिकी श्रम विभागका अनुसार देशभर ११ अप्रिलसम्म ५२ लाख जना बेरोजगार भएका भएका थिए । त्यसयता ६६ लाख जनाको जागिर गुम्यो । यस महिनाको अन्तसम्ममा अमेरिकामा बेरोजगारीको दर २० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।



    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार