Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनको बेला कुटपिट हुँदा वडा अध्यक्षको हात भाँच्चियो

    लकडाउनको बेला कुटपिट हुँदा वडा अध्यक्षको हात भाँच्चियो

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 4.2K
    SHARES

    स्याङ्जा ।  लकडाउनको  बेला स्याङ्जाका जनप्रतिनिधिबीच कुटपिट हुँदा एक वडा अध्यक्षको हात भाँच्चिएको छ ।   मंगलबार साँझ  स्थानिय जंगल रेष्टुरेण्टमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरेबीच बिबाद हुँदा झगडाले उग्र रुप लिएपछि घटना कुटपिटमा परिणत भएको एक स्थानियले वताए।

    कुटपिटका क्रममा  वडा अध्यक्ष गैरेको बायाँ हात भाँच्चिएको छ । उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भैरहेको छ ।  घटनाका एक प्रत्यक्षदर्शीका अनुसार  कुटपिटमा समन्वय उप–प्रमुखको संलग्न रहेको छ ।



    घटनामा संलग्नहरुलाई कार्वाहीका लागि वडा प्रहरी कार्यालयमा जाहेरी परेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख इन्सपेक्टर निरञ्जन घिमिरेले बताए ।  बगाले र  गैरे स्थानीय निर्वाचनमा एउटै वडाबाट निर्वाचित जनप्रतिनिधी हुन् ।प्रहरीले छानविन प्रक्रिया अगाडि बढाएको छ।



     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार