Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • र्‍यापिड टेस्टमा ११ जनाकाे रिपाेर्ट पोजेटिभ

    र्‍यापिड टेस्टमा ११ जनाकाे रिपाेर्ट पोजेटिभ

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 4.1K
    SHARES

    काठमाडाैँ । सरकारले कोरोना संक्रमण भए/नभएको तत्काल निवारणका लागि अपनाएको द्रुत परीक्षण र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) ६३ जिल्लामा पुर्‍याएको छ।

    भारत र अन्य मुलुकबाट आएका, क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको रगत संकलन गरी परीक्षण गरिने आरडीटीलाई उच्च प्राथमिकता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न जिल्लामा गरिएको आरडीटीमा कोरोना पोेजेटिभ भएका केस देखिएका छन्। ‘प्रदेशबाट सबै तथ्यांक आइसकेको छैन।



    आरडीटीमा पोजिटिभ देखिएका व्यक्तिको संख्या बढेको छ’, डा. देवकोटाले बुधबार साँझ टेलिफोनमा अन्नपूर्णसँग भने, ‘ती केसलाई थप परीक्षणका स्वाब परीक्षण गर्नुपर्ने हुन्छ। त्यसका लागि पीसीआर विधिबाट पुनः परीक्षण गरिन्छ।’ पीसीआर परीक्षणमा पनि कोरोना भाइरस पोजिटिभ भेटिएपछि पुष्टि भएको मानिने मन्त्रालयले जनाएको छ।



    सरकारले कोरोना संक्रमण निश्चित गर्न दुईवटा परीक्षण विधि अपनाएको छ। तीमध्ये आरडीटी विधिलाई पहिलो प्राथमिकता दिइएको हो। बुधबार सातवटा प्रदेशबाट प्राप्त पछिल्लो विवरणअनुसार द्रुत परीक्षण गर्दा ११ जनामा कोरोना पोजिटिभ देखिएको छ। काभ्रेपलाञ्चोकका तीन, धादिङ र सप्तरी र रुकुममा दुई/दुई गरी ६ जना र सप्तरी/चितवनको एक जना छन्।

    आरडीटीभन्दा विश्वसनीय र भरपर्दो दोस्रो विधि पीसीआर हो। आरडीटी परीक्षणमा पोजिटिभ देखिएका व्यक्तिको स्वाबको नमुना परीक्षण गरिन्छ। आरडीटीबाट ८ हजार ९ सय २९ वटा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पीसीआरभन्दा आरडीटीबाट धरै जनाको परीक्षण गरिएको छ।

    पीसीआर परीक्षणमा पनि कोरोना भाइरस पोजिटिभ भेटिएपछि पुष्टि भएको मानिने मन्त्रालयले जनाएको छ।

    दुवै परीक्षणबाट १५ हजार ८ सय वटा जाँच भइसकेको छ। त्यसबाट १६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको डा. देवकोटाले बताए। १४ जिल्लामा आरडीटी सेवा सुरु हुन सकेको छैन। प्रदेश १ का सात र प्रदेश २ मा तीन जिल्लामा सेवा सुरु भएको छैन। त्यस्तै, कर्णाली प्रदेशमा दुई, गण्डकी र प्रदेश ५ मा एक–एकवटा जिल्लामा आरडीटी सेवा सञ्चालन हुन नसकेको डा. देवकोटाले बताए। सुदूरपश्चिमका सबै जिल्लामा सेवा सुचारु छ।

    आरडीटीमा पोजिटिभ देखिएका व्यक्तिको पीसीआर नेगेटिभ आउने सम्भावना रहने विज्ञको भनाइ छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले प्रयोगशालाको परीक्षणका आधारमा सम्पर्कमा रहने व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको पहिचान सुरु हुने बताए।

    विभिन्न जिल्लामा ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा बसिरहेका छन्। क्वारेन्टाइनमा बसेका व्यक्तिको आरडीटीमा नेगेटिभ देखिएपछि घर फर्काइन्छ। आरडीटीमा पोजिटिभ देखिए आइसोलेसनमा राखिन्छ। आइसोलेसनमा बस्ने व्यक्तिको संख्या १ सय १७ छ। काठमाडौं उपत्यकामा ११ जना छन्। काठमाडौंबाहिर १ सय ६ जना छन्।

    आरडीटी र पीसीआर दुवै परीक्षणबाट १६ जना संक्रमित पाइएका छन्। तीमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन्। उपचाररत सबैको स्वास्थ्य सामान्य रहेको डा. देवकोटाले जानकारी दिए। अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार